
जनकपुरधाम । पत्रकार सन्तोष यादवलाई पितृशोक परेको छ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ औरही निवासी पत्रकार सन्तोष यादवको बुवा पूर्वगाविस अध्यक्ष यादवको मंगलबार बिहान ७६ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय विचन यादवको मंगलबार बिहान ६ बजेको समयमा आफ्नै घरमा निधन भएको परिवारजनले बताएका छन् ।
पत्रकार यादवको बुवा स्वर्गीय वेचन यादवको मंगलबार १२ बजे जातीय परम्परा अनुसार आफ्नै जग्गामा अन्त्यष्टी गरिएको थियो ।
स्वर्गीय यादवको श्रीमति १ छोरा सन्तोष र १ छोरी छन् । पत्रकार यादव नेपाल पत्रकार महासंघ सिरहा शाखाका प्रदेश परिषद सदस्य तथा टूडेखोज रास्ट्रिय दैनिक पत्रिकाका सम्पादक हुन् ।
यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशद्वारा कार्यसमिति सदस्य समेत रहेका पत्रकार यादवको बुवाको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । महासंघका महासचिव शैलेन्द्र करान्तीले मंगलबार एक शोक बक्तव्य जारी गर्दै पत्रकार यादवको स्वर्गीय पिताको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि समवेदना व्यक्त गरेका छन् ।




