2024-05-20

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जानकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ ।

बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।

मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको एम्बुलेन्सले सेवा लिने गरेका छन् भने कोही मोटरसाइकलमा जान बाध्य भइरहेका छन् ।

एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नगर प्रमुख खेलाँची गरिरहेको नागरिकको गुनासो छ ।

नगरकी उपप्रमुख शिला देवी मण्डलले पनि दुई महिना पहिले एम्बुलेन्स खरिद गरिएपनि हाल सम्म पालिकामा नआएको स्वीकार गरिन् । उनी पनि एम्बुलेन्स कहाँ छन ? भनेर बारे अनविज्ञ छन् । उनले पनि एम्बुलेन्स खोजिरहेको बताइन् । यद्यपी अहिले सम्म नभेटिएको उनको गुनासो छ ।

नगर प्रमुख यादवले प्राविधक काम भइरहेको हुनाले घरमै राखिएको बताए । दुई दिनमा एम्बुलेन्स पालिकामा जाने उनले प्रतिबद्धता गरे । नम्बर प्लेट र मन्त्रालयको काम बाँकी रहेको हुनाले थन्काइएको उनले प्रष्ट गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds