2024-05-06

Close

जनकपुरधाम १७ मंसिर । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।

राज्यमन्त्री कर्णले आफूलाई पुरानो गाडी दिएको र अहिले बिग्रेका कारण सार्वजनिक गाडी चढ्नुपरेको भन्दै विरोध जनाएकी छन् । साउन २ गते आफूले पद तथा गोपनीयताको शपथ गरेपछि दिएको ज १ झ ४४२ नम्बरको गाडी ब्रेकफेल भएर दुर्घटनामा परेको उनले बताइन् ।

‘१३ मंसिरमा जनकपुरबाट सप्तरीतर्फ जाने क्रममा ब्रेक फेल भई ढल्केबरमा दुर्घटना नै भयो’ उनी भन्छिन्, ‘यो दुर्घटनामा मलाई र चालकलाई सामान्य चोटपटक लागेको थियो ।’

दुर्घटनापछि उनका स्वकीय सचिवले मन्त्री भरत साह चढ्ने ज १ झ ४४३ नम्बरको गाडी लिएर राज्यमन्त्रीलाई उद्धार गर्न पुगेका थिए । त्यसयता उनले यही गाडी चढ्दै आएकी थिइन् । तर मंसिर १५ गते उनले सो गाडी लिएर काठमाडौं जान खोज्दा मन्त्री साहले दिएनन् ।

त्यसपछि आफू राति साढे ८ बजे सार्वजनिक बस चढेर काठमाडौं गएको राज्यमन्त्री कर्णले बताइन् । ‘यो घटना अर्थमन्त्री शैलेन्द्र साहलाई पनि जानकारी गरायौं’ उनले भनिन्, ‘तर काठमाडौंमा दुई दिनको बसाइको क्रममा प्रदेश सरकार र मन्त्रालयले कुनै चासो दिएन ।’

राज्यमन्त्री कर्णले गाडी पठाइदिन मन्त्रालयका सचिव रामकुमार महतोलाई भनिन् । तर उनले आफू मन्त्रालयमा नभएको भन्दै गाडी पठाउन नसक्ने जवाफ दिए । त्यसपछि आफू सार्वजनिक गाडी चढेर फर्किएको राज्यमन्त्री कर्णले बताइन् ।

मन्त्री भन्छन् : सबै गाडी बिग्रेको छ

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा नौ वटा गाडी छ । मन्त्री भरत साहले ज १ झ ४४३ नम्बरको गाडी चढ्दै आएका छन् भने राज्यमन्त्री कर्णको ज १ झ ४४२ नम्बरको गाडी बिग्रेको छ । एउटा गाडी मन्त्रालयका सचिव रामकुमार महतोले चढिरहेका छन् । अन्य गाडी कहाँ छन् ? भन्ने जिज्ञासामा मन्त्री साह भन्छन्, ‘सबै बिग्रिसकेको छ ।’

तीन वटा गाडी बनाउन ग्यारेजमा राखिएको र अन्य गाडी बिग्रेको अवस्थामा थन्किएको मन्त्री साहले बताए । ‘यहाँ आएदेखि नै सबै गाडी बिग्रेको थियो’ उनी भन्छन्, ‘मर्मत गरेर चढ्दै आएको छु ।’ उनले नयाँ गाडी खरिदको प्रक्रिया अघि बढाउने बताए ।

यद्यपी मन्त्रालय स्रोतका अनुसार मन्त्री साहले मन्त्रालयको एउटा गाडी आफ्नो गाउँ महोत्तरीको गौशालामा राखेका छन् भने अर्काे एउटा काठमाडौंमा राखेका छन् । आफ्ना परिवारका सदस्य चढ्नका निम्ति उनले गाडी दिएको स्रोतको दावी छ ।

मन्त्री साह भने यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्, ‘यो सबै कुरा झुटो हो ।’

मन्त्रालयका सचिव महतो आफू मन्त्रालयमा नयाँ भएकाले धेरै कुराको जानकारी नभएको र यस सम्बन्धमा बुझ्ने काम गरिरहेको बताए । अनलाइन खबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds