2024-05-20

Close

जनकपुरधाम । न्यूजब्यूरोका कार्यकारी सम्पादक स्वर्गीय विनय कुमार यादवको मृत्यू प्रकरणमा धनुषा प्रहरीले अन्ततः जाहेरी दर्ता गरेको छ ।

शंकास्पद मृत्यू भएको पत्रकार यादवको परिवारजनले दिएको जाहेरी एक सातापछि धनुषा प्रहरीले दर्ता गरेको हो । व्यापक दबाब र निगरानीपछि धनुषा प्रहरीले चारजनामाथि मुद्दा दायर गरेको हो ।

गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा ढल्केवर–जनकपुरधाम सडकखण्डमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । उनको दाहसँस्कारपछि परिवारजनले गत साताको बुधबार नै लिखित जाहेरी पेश गरेकोमा ईलाका प्रहरी कार्यालय ढल्केवरको समन्वयमा मुद्दा दर्ता गरिएको हो ।

प्रहरीले पक्राउ गरी राखेको ललन भन्ने लक्ष्मीनारायण यादवसहित धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने सुशिल यादव, उनका छोराद्धय धीरेन्द्र यादव र बीरेन्द्र यादवमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको हो । उनीहरुले पटक पटक किचेर मारिदिने, धाकधम्की दिँदै आएको विभिन्न आधार प्रमाणहरु फेला परेपछि उनीहरुमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ललन यादव अहिले प्रहरीको हिरासतमा रहेको छ । उनलाई ईलाका प्रहरी कार्यालय ढल्केवरमा सिफ्ट गरी अनुसन्धान सुरु गरिएको हो भने बाँकी सुशिल यादव, धीरेन्द्र यादव र विरेन्द्र यादव गाउँबाट भागेका छन् । मुद्दा दर्ता भएसँगै उनीहरुको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवर मार्फत दर्ता भएको मुद्दाको लागि धनुषाका केही पत्रकारहरु, पत्रकार महासँघ धनुषा शाखाका केही पदाधिकारी, नेपाल पत्रकार महासँघ केन्द्रीय कार्यालय लगायत विभिन्न ठाउँबाट घटना उजागर गरी दबाब दिएका पत्रकार, सँचारकर्मी, मिडियाहरुलाई परिवारजनले धन्यवाद ज्ञापन गरेका छन् ।

मृतक पत्रकार यादवकी आमा कान्तीदेवी यादवले दिएको मुद्दा विहिबार दर्ता भएको हो । उनकी आमाले धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारी, डिएसपी रञ्जन अवा, अपराध अनुसन्धान शाखाका नवराज खडका, वरिष्ठ सई सिकेन्द्र कुमार कामतप्रति आभार प्रकट गरे । मुद्दा दर्ताको लागि प्रहरीका अधिकारीहरुले गरेको प्रयासप्रति कृतज्ञता प्रकट गरिन् ।

मुद्दा दर्ताको लागि न्यूज ब्यूरोले निरन्तर समाचार मार्फत दबाब बनाउँदै आएको थियो । गत बैशाख ११ गते विहान पत्रकार यादवको मोटरसाईकल दुर्घटनामा परी मृत्यू भएको बताएपनि विभिन्न आधार प्रमाण र ललन यादवको बयानको आधारमा मृत्यू शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds