2024-12-14

Close

आईतबार दिउँसो १२ः०० बजदेखि ३ः०० बजेसम्म भएको परीक्षाको क्रममा एक छात्रा ९युवति० को कापी बाहिरै सेटिँग गर्ने क्रममा लोसपा र जसपा निकट विद्यार्थी नेताहरुले देखेपछि विरोध जनाएको थियो । उनीहरुले एक विद्यार्थीको लागि कापी सेटिँग गरेको आरोप लगाएका छन् ।

आईतबार सम्पन्न ब्याचलर दोस्रो बर्षको परीक्षा अन्तर्गत अर्ननाजेश्नल व्हेवयर र ह्युमन रिसोर्स म्यानेजमेन्ट विषयको परीक्षामा नीरिक्षक जगरनाथ सिँहको प्रत्यक्ष उपस्थितिमा कापी सेटिँग गरेको आरोपपछि आईतबारदेखि नै राराबमा तनाव उत्पन्न भएको छ ।

जसपा निकट विद्यार्थी संघ र लोसपा निकट लोविसंघका विद्यार्थी नेताहरुले सोही विरोधमा स्वीयूको कार्यालयमा तालाबन्दी गरेको हो । गौतम यादव, अजय पण्डित, निराजन चौधरीको विशेष उपस्थितिमा तालाबन्दी गरिएको हो ।

उनीहरुले स्वीयूका सदस्य दिपेन्द्र राउतले सो कापी सेटिँग गरेको आरोप लगाएका छन् । उनीहरुले यस कार्यमा संलग्नलाई कारवाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको हो ।

यता, राराबका स्वीयू अध्यक्ष मनिष कुमार यादवले आफ्नो कुनै संलग्नता नै नरहेको अवस्थामा नाम जोडेर चरित्र हत्या गरेको आरोप लगाएका छन् । लोविसंघ र विद्यार्थी संघका पदाधिकारीहरुले अनाहकमा आफ्नो नाम समाजिक सँजालमा राखेर कुप्रचार गरेकोप्रति खेद प्रकट गरेका छन् ।

उनले यस्ता कार्यमा संलग्नलाई प्रमाणित भए कानुनी कारवाहीको लागि आफू समेत सहयोग गर्ने बताउँदै आफ्नो कुनै संलग्नता नै नभएको काण्डमा जबरदस्ती नाम जोडेर सस्तो लोकप्रियता कमाउने खोजेको आरोप लगाए । उनले परीक्षामा बाहिरका मान्छेहरुलाई घुम्न नदिएको निहुँमा योजना तहत यस्तो गरेको आरोप लगाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर