2024-04-19

Close

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको शहिदनगर नगरपालिका मेयरका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापन देखि सिंचाई विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना ल्याएको छ । वि.स. २०२८ सालको शैक्षिक आन्दोलनको रगतबाट यदुकुहाको महत्व हालको दिनमा आकाशिएको भुमीमा गरिब, विपन्न, दलित तथा निमुखा वर्गका लागि विशेष योजना ल्याएको निवर्तमान मेयर उदय कुमार बरबरिया (यादवले) दाबी गरे ।
प्रतिबद्धतापत्रमा नेपाल रेडक्रस सोसाईटी धनुषासंगको सहकार्यमा रगत आवश्यक भएको विरामीलाई रगत व्यवस्थापनका साथै जाँच शुल्कमा लाग्ने रकम समेत नगरपालिकाले व्यहोर्ने भनिएको छ । त्यस्तै गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिन र निः शुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउँने उल्लेख गरेको छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र र नगर एम्बुलेन्ससंगको सहकार्यमा जोड दिईने बताए। पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको पाठ्यसामग्री समावेश गरी पालिका स्तरीय पाठ्यक्रम निर्माण गरिनेछ । साथै नमूना विद्यालय घोषणा गरी अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराईनेछ ।’
माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा नगरभित्रको विद्यालयमा प्रबिधिमैत्री शिक्षा बिकासमा प्रयास हुने बरबररियाको दाबी छ । दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्मको विद्यालय शिक्षा सुनिश्चित गरिनुको साथै प्रत्येक विद्यालयहरुमा सिसिटिभी जडान गरि कडाईका साथ शिक्षण सिकाई बढाईने छ ।, मेयर उदय बरबरियाले, ‘शहिद परिवारलाई छात्रवृति र सार्वजनिक ई–पुस्तकालय निर्माणका साथै उच्च गतिको ईन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ । प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र तथा जेष्ठ नागरिकलाई तीन महिनामा निशुल्क स्वास्थ्य जाँच र दिर्घरोगीका लागि विशेष उपचार सेवा सञ्चालन गरिने छ ।’ उनले ‘शहिद सूर्यनाथ रान’ स्मृति अस्पताललाई अबको एक वर्षभित्र सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।
कृषकहरुलाई सिचाइका लागि मोटर, दमकल, घाँस काट्ने मेसिन जस्ता कृषि सामग्री वितरण र बाँझो खेत मुक्त नगरपालिका बनाउने बताए । ‘एक खेत एक बालीको अवधारणालाई ल्याएर एक घर एक तरकारी खेतीको योजना अघि बढाउने जनाए । ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ युवाहरुको लागि बहु उद्देश्यीय कभर्ड हल, खेलकुद मैदानका साथै ईन्टर्नशिप र लोकसेवा कक्षा रसञ्चार जगतका युवा पत्रकारहरुका लागि फेलोसिप प्रदान गर्न नेपाल पत्रकार महासंघ धनुषासंग सहकार्य गर्ने बताए ।
नगरपालिका जोड्ने लिंक रोडका साथै बारुण यन्त्र खरिद तथा सर्पदंस उपचार केन्द्र स्थापना गर्ने बताए । उनले भने, ‘नगरपालिकाको एक वर्षभित्रमा आफ्नै भवनमा सेवा सुचारु हुन्छ । प्रतिबद्धतापत्रमा भनिएको छ, ‘पोखरी, सार्वजनिक पार्टीपौवा र प्रकृतिक सम्पदाको संरक्षण गर्दै वृक्षारोपणलाई प्राथमिकताका साथ अगाडी बढाईनेछ । सार्वजनिक स्थल, पार्क, सडक किनारका जग्गाहरुको व्यापक प्रयोग गरिनेछ । सामुदायिक विद्यालयहरुमा हरित विद्यालय कार्यक्रम सञ्चालन गरिनेछ ।’
प्रतिबद्धतापत्र सार्वजनिक समारोहमा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव श्रवण बरबरिया यादव (जीवन)ले नेपाली जनताको संघर्ष र शहिदहरुको गर्विलो इतिहासको साक्षीको मध्येको एउटा महान भूमि यदुकुहा जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताए । उनले समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकाहरु समेत माओवादीको विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा समेत विश्वास पलाएर गएको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds