2024-04-20

Close

राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको विरुद्ध विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्बीर अंकित पोष्टर जलाएर विरोध गरिएको हो ।

विरोध जुलुसमा सहभागिहरुले मदरशा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउँन पाउँदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए । वीरगन्जको माईस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगि कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाए । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको दुत भएर आए।एस।आईको एजेन्टको रुपमा मुख्यमन्त्री राउत गद्दी काम गर्दे आएको र पाकिस्तानकै ईसारामा प्रदेश २ मा मदरशा शिक्षा विद्येयक ल्याएर तालिवान बनाउँन खोजेको आरोप लगाए ।

उनले भने, नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरीदैन, शिक्षामा कुनै प्रकारको विवेद छैन तर पनि मदरशा शिक्षा विद्येयक ल्याउँनुको अर्थ के हो रु नेपाललाई ईस्लामिकरण तर्फ धकेल्न योजना अनुरुप शिक्षा विद्येयक ल्याईएको उनको आरोप छ ।

मुख्यमन्त्री गद्दीले शिक्षा विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध आन्दोलनको आंधीवेरी ल्याउँने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए । अध्यक्ष यादवले, मुख्यमन्त्री गद्दीले ईस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरर्शा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरी विवेद ल्याएको आरोप समेत लगाए ।

अभियानका जिल्ला अध्यक्ष श्याम किशोर तिवारीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, हिन्दु अभियानता पुरुषोत्तम दुवे, डा। अनिल झा, ब्राहणसमाजका पूर्व अध्यक्ष देवनाथ उपाध्याय, लगायत हिन्दुवादी नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds