वीरगज५ गते शनिबार
पर्सामा ट्राफिक प्रहरीले विभिन्न ठाऊमा चेकजाँचको बहानामा अवैध रुपले रकम असुल्दै आएका छन।
पर्साको ड्राईपोर्ट, परवानीपुर, गण्डक चौक,पावरहाऊस चौक, बसपार्क चौक,भन्सार चौक र घण्टाघर लगाएतको ठाऊमा विभिन्न चेकजाँचको बहानामा सवारीसाधनहरु सित पैसा उठाईरहेको समाचार प्राप्त भएको छ ।
वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने अथवा विभिन्न सवारीसाधनहरुबाट ट्राफिक प्रहरीले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको एक चालकले बताएका छन्।
सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै मुख्य बाटोमे गाडिहरु मालबाहक सवारीसाधनहरुलाई रोकी रकम असुली गर्दे आएको खुलेको छ ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत परवानीपुरमा रहेका कलकारखानाहरु सित रहेका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ड्राईपोर्ट र परवानिपुरमा ईन्चार्जहरु परिवर्तन हुने गरेको छ।भारतिय सवारीचालक रमेश रामले ट्राफिक प्रहरीले हामिलाई अनावशयक रुपले रुकेर विभिन्न किसिमको कागज पत्र दिनु भन्छन हामीले आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ। प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको मियाले बताएका छन्।
परवानीपुर चौक सडक भएर अावत जावत गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
पावरहाउस चौक ट्राफिक बिटमा रहेका ट्राफिक प्रहरी हवल्दार बिनोद रामले एसपी र ईन्सपेकटरहरु नाऊमा समेत अटो,टेम्पु, म्याजिक,भाडावाला बसहरु शीत पैसा लिई पावरहाऊस चौकमा सडकमे पार्किङ गराउने र पैसा नदिएको गाडीलाई रोकी जरिवाना काटछु भन्दै धाक धम्की देखाई रकम लिने गरेको एटो चालक एकबाल मियाले बताए।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया र जिल्ला ट्राफिक कार्यालय पर्साको प्रमुखहरुको नाऊमा समेत रकम असुल्ने गरेको स्रोतले जनाएको छ।
यस्ता गतिविधि हुँदै आएपनि ट्राफिक कार्यालय मधेश प्रदेशका प्रमुख र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख दुबै जना कानमा तेल हालेर बस्नु शंकाको बिषय बनेको छ।
यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।