भारतद्वारा नेपाललाई ९५ हजार टन चामल निर्यात अनुमति

काठमाडौं । नेपालसहित सात देशका लागि भारतले करिब १० लाख टन गैरवासमती चामल निर्यात गर्न अनुमति दिएको छ ।

यसअन्तर्गत नेपाललाई झन्डै सबैभन्दा कम अर्थात ९५ हजार टन चामल प्राप्त हुने छ ।

बिज्ञापन

अफ्रिकाको सबैभन्दा सानो आकारको र करिब १ लाख भन्दा बढि जनसंख्या भएको सेसेल्सलाई नेपाललाई भन्दा कम अर्थात ८०० टनको कोटा छुट्याएको छ ।

नेपाल,क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्समा १० लाख टन भन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो ।

क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन छुटएको जनाको छ ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरवासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो ।