2024-12-04

Close

जनकपुरधाम । सप्तरीकाे रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई आज एक समारोहमा ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरिएको छ ।

सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रूपैयाँबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिए ।

कञ्चनरूप–१२ का वडाध्यक्ष देवि बहादुर खत्रीले एक जना जेहेन्दार र पाँच जना विपन्न गरी छ जनालाई जनही १६ हजार ६६६ रूपैयाँका दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरे ।

क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले क्याम्पसको प्रगतिका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘यो छात्रवृत्ति रकमलाई पढाइमा हौसलाका रूपमा लिएर सदुपयोग गर्नु’, भन्दै उनले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययनमा लाग्न सुझाव दिए ।

छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न क्याम्पसले, १. कक्षामा उपस्थिति नियमितता, २. लिखित परीक्षा, ३. अन्तरवार्ता, ४. अघिल्लो परीक्षाको प्राप्ताङ्क लगायत विभिन्न मापदण्डको प्रावधान राखेर ‘छात्रवृत्ति कार्यविधि’ निर्माण गरेको र सोही आधारमा छात्रवृत्तिको निर्णय हुने गरेको जानकारी क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले दिए ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित, बिबिएस पढाइ हुने रूपनगर क्याम्पसका विद्यार्थीहरूले यस वर्ष देखि ५ (पाँच) वटा छात्रवृत्ति पाउने व्यवस्था भएको जानकारी प्रा. गजुरेलले दिए । उहाँका अनुसार ती छात्रवृत्तिमा, १. विश्वविद्यालय अनुदान आयोगले दिने छात्रवृत्ति, २. मधेश प्रदेश सरकारको ‘छोरी छात्रवृत्ति,’ ३. वडा अध्यक्ष छात्रवृत्ति, ४. राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति, र ५. क्याम्पसले आफ्नै स्रोतबाट दिने छात्रवृत्ति गरी वर्षेनी पाँच वटा छात्रवृत्ति रूपनगर क्याम्पसमा भर्ना हुने विद्यार्थीहरूलाई उपलब्ध हुनेछन् ।

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्ति यस वर्ष रूपनगर नन्दराज संग्रौला क्याम्पसका २२ जना विद्यार्थीले पाए भने मधेश प्रदेश सरकारले दिने ’छोरी छात्रवृत्ति’ चार जनाले पाए ।
विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति एक पटक पाउने विद्यार्थीले स्नातक पढुञ्जेल ४ वर्ष सम्म प्रत्येक वर्ष १५ हजार रूपिञा पाउने व्यवस्था छ ।

यसै गरी मधेश प्रदेश सरकारको छात्रवृत्तिको रकम वार्षिक २५ हजार रूपैयाँ छ ।

उपरोक्त दुवै छात्रवृत्ति सामुदायिक र आंगिक क्याम्पसमा पढ्ने विद्यार्थीले मात्र पाउने व्यवस्था छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर