2024-04-20

Close

 

जनकपुरधाम, भदौ २ ।संघीय सरकारका सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली सम्झदारी हिंडयो भने कसैले पनि वर्तमान सरकारलाई ५ वर्षसम्म हलाउन नसक्ने दाबी गरेका छन् ।

धनुषाको बरमझीयामा शहिद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी आएका अध्यक्ष प्रचण्डले सोमवार संचारकर्मीहरुसंग कुरा गर्दै भने पहिला कानूनी जटिलताहरु थियो त्यसलाई चिर्दै सरकार अब विकासको गतिमा लागेकाले ५ वर्षसम्म सरकार टिक्छ, तर त्यसकास लागि प्रधानमन्त्री ओलीलाई एकीकृत पार्टीको सम्झदारीमा हिडनुपर्छ ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य उद्देश्यका साथ सरकार अघि बढिरहेको छ, त्यसका धेरै पुर्वाधार तयार भइसकेकोले अब सरकारले विकासको गतिलाई अझ तिव्रताका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको भने ।
सरकार र पार्टीप्रति आफूले दिएको अभिव्यक्तिलाई मिडियाले गलत ढंगबाट प्रचारबाजी गरेको भन्दै सफल सरकारका लागि पार्टी एकताको विकल्प रहेको छैन र हामीले पार्टी एकता पनि गरिसकेका छौं सरकार सफल हुनेमा कुनै दिविधा नराख्न उनले आग्रह गरे ।

 

अध्यक्ष प्रचण्ड संगै कार्यक्रममा सहभागी हुन आएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिदै वरियता क्रममा झलनाथ खनाल पार्टीको दोश्रो वरिष्ठ नेता हुन तर पार्टी एकताले उहाँलाई नसमेटेर अपमान गरेको दुखेसको पोखे ।
वरिष्ठ नेता नेपालले पार्टी एकता पछि गठन भएको विभिन्न विभागको निर्माणमा पार्टीका वरिष्ठ नेताहरुलाई अपमानति गर्ने प्रयास गरेको आरोप लगाउंदै पार्टी विधान र सरकार दुवै ठिक्क ढंगबाट चल्नुपर्ने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds