2024-04-20

Close

जनकपुरधाम : धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ । उनीहरुको नाम अहिले नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds