2024-12-04

Close

दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपालबाट कतार आइपुगेका छन् । शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट शुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नेछन् ।

पोखरेलसँगै अधिवेशनमा सहभागी हुन कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा पनि कतार आइपुगेका छन् । आगन्तुक पाहुनाहरूको स्वागत तथा सत्कारका लागि मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल, मञ्च संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं, सातौं अधिवेशन समितिका संयोजक अफसर अलि खान लगायत मञ्चका विभिन्न पदमा आसिन तथा आस्थावान् व्यक्तिहरू पुगेका थिए ।

प्रमुख अतिथिको आगमनसँगै अधिवेशनको तयारी पूरा भएको अधिवेशन संयोजक खानले जानकारी दिए । उनले अधिवेशनको हलभित्रको व्यवस्थापन, प्रचारप्रसार, आर्थिक, यातायात, स्वयंसेवक तथा विविध कार्यका लागि उप-समितिहरू निर्माण गरी तिनका संयोजक तथा सदस्यहरू मनोनीत गर्दै जिम्मेवारी बाँटफाँट पनि गरिएको बताए ।

अधिवेशनमा विशिष्ट अतिथिको रुपमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया र मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा यसअघि नै कतार आइसकेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर