जनकपुरधाम । जसपा नेपाल समाजबादी युवा संघ मधेश प्रदेश युवा संघका उपाध्यक्ष पुजन मौवारले जसपा परित्याग गर्दै लोसपामा प्रवेश गरेका छन्।
उनलाई लोसपा नेपाल मधेश प्रदेश पार्टी कार्यालय जनकपुरधामको क्याम्पस चोकस्थित लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनाल प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया जिल्ला अध्यक्ष प्रमेश्वर साहले एक कार्यक्रमबीच स्वागत गरेका छन्।
स्थानीय तह निर्वाचन नजिकदै धनुषा जिल्लाका विभिन्न नगर / गा.पा.हरु बाट जसपाका निर्वाचित वडा अध्यक्ष पिलरहरु पार्टी परित्याग गरेर लोसपामा प्रवेश गरेका छन् ।
गत सोमबार धनुषाको हंसपुर नगरपालिका वडा नं.३ का निर्वाचित वडा अध्यक्ष उदय सिंह लगायत सम्पुर्ण निर्वाचित सदस्य समेत जसपा परित्याग गरी लोसापामा प्रवेश गरेका हुन् ।
त्यसैगरी आज फेरि जसपाको एक पछि अर्को पिलर ढल्यो । हंसपुर नगरपालिका वडा नं.५ को जसपा बाट निर्वाचित वडा अध्यक्ष शिवशंकर शाह , कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता शुभाष चन्द्र साह , देव राज साह , महिला नेत्री सकिला खातुन समेत जसपा परित्याग गरेर विधिवत रुपमा लोसपाका सदस्यता लिई पार्टी प्रवेश गरेका छन् । यता हंसपुर नगरपालिका बाट जसपा परित्याग गराएर लोसपामा प्रवेश गराउने भुमिका मेयर राम ज्ञान मण्डलको रहेका देखिएका छन् ।
This will close in 20 seconds