2024-04-26

Close

जनकपुरधाम, फागुन १५ । मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ ।
नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा प्रदेश नं. २को कमिटीले रौतहटको मंगलपुरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तन अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागी संघर्ष गर्न पर्नु दुर्भाग्य पूर्ण रहेको बताउनु भयो ।


उहाँले भन्नु भयो , ‘ पृथ्वी नारायण साहको राज्य विस्तार होस वा राणा विरुद्धको आन्दोलन चाहे माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रहयो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरि रहे , यो अन्यायपूर्ण हो ।’
मुख्यमन्त्री राउतले पहिचानको लागि विभेदमा रहेका मधेशी, आदिवासी जनजाति, दलित , महिला मुस्लीमलाई एक हुनु विकल्प नरहेको समेत बताउनु भयो ।
अहिलेको शासन सत्ता संचालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नु हुँदै उहाँले पहिचानको लागि पुनः आन्दोलन गर्नु पर्ने बताउनु भयो ।
आफनो पार्टी प्रदेशहरुको नामाकरण पहिचानकोअ ाधारमा गर्नु पर्ने पक्षमा रहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ हामी पहिचानको आधारमा प्रदेशको नामाकरण होस भनि चाहि राखेका छौ तर एकात्मक सोचवादीहरुले अहिलेपनि प्रदेशको नामाकरण नदी नालाको नाउमा गरि रहेको छ । यसको विरोध गर्नु आवश्यक छ ।’


पहिचानको आधारमा गठन भएको प्रदेश २को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २को नामाकरण समेत पहिचानकै आधार मधेश प्रदेश हुने दावी समेत गर्नु भयो ।
मगर संघका प्रदेश अध्यक्ष यम बहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद राम कुमार भट्टराई, मगर संगका इन्चार्ज लेखराज मगर सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा मगर समुदायको भाषा संस्कृति झल्किने विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds