2024-12-04

Close

वीरगन्ज १२ श्रावण

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय श्रिपुरमा विगत ८ बर्षदेखि मुद्धा शाखा हुदै उजुरी शाखामा कार्यरत रहेका प्रहरी सहायक हवल्दार शेष समिम प्रबेज अड्डा जमाएर बसेका छन् । बढीमा एक बर्षमा सरुवा हुने नेपाल प्रहरी सँगठनको प्रावधान विपरित विगत ८ बर्षदेखि एकै ठाउँमा अड्डा जमाएर बसेका छन् । वडा प्रहरी कार्यालय श्रिपुरमा अझै उजुरी शाखामा कार्यरत रहेका प्रबेजले पंञ्चाती र झै- झगडा मिलाउनको लागि पनि पिडितहरु सँग रकम असुल्ने गरेको खुलेको छ।नेपाल प्रहरीको हेडक्वाटर  समेत पक्कड बनाएका प्रबेज उच्च तहको पावर लगाएर विगत ८ बर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् ।२०७९ साल मा वडा प्रहरी कार्यालय श्रिपुरको मुद्दा शाखामा कार्यरत रहेको बेला प्रबेजले होटल व्यवसायी संग ५० हजार रकम असुली गरेको आरोप लागे पछि तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले उनलाई ६ महिनाको लागि निलम्बन गरेका थिए।
निलम्बन फुकावा भएलग्तै उनी प्रहरी चौकी उडारमा  हाजिर भई ६ महिनामा सोर्स फोर्स लगाई दोस्रो पटक  वडा प्रहरी कार्यालय श्रिपुरमा आउन सफल भए।वडा प्रहरी कार्यालय श्रिपुरको उजुरीमा कार्यरत रहेको प्रबेजको दरबन्दी जिल्ला प्रहरी कार्यालय रामेछापमा दरबन्दी भएपनि विगत ८ बर्षदेखी पर्सामा बस्दै आएका छन्। नेपाल प्रहरीका आइजिपी वसन्त कुवर तत्कालीन मधेश प्रदेश प्रमुख हुदा देखि नै दरबन्दी भएको ठाऊमा सानो दर्जा देखि ठुलो दर्जाको प्रहरीहरुले दरबन्दी भएको फिर्त जान निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत ठुला अफसरहरुको आशिर्वादले विगत ८बर्षदेखि बस्दै आएका छन्।वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरीक्षक धर्मराज थिंङ्गलाई जानकारी नगराई यस्ता गतिबिधि गर्दै आएका छन।यस्ता गतिविधि तर्फ जिल्ला प्रहरी कार्यालय प्रमुख, मधेश प्रदेश प्रमुख एवम नेपाल प्रहरीका हेडक्वाटरले ध्यान जान यति आवशयक देखिएको छ।यश बिषयमा बुझनको लागि जिल्ला प्रहरी कार्यालयका प्रबक्तालाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर