2024-12-04

Close

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह लहानस्थित प्रादेशिक अस्पतालमा ‘छड्के’ अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शुक्रबार साँझ अस्पतालमा छड्के अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंह, रामकुमार शारडा र उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा साँझ साढे ८ बजे अचानक पुगेका थिए । अस्पताल छिरेर उनले अस्पतालको समग्र अवस्थाका बारेमा जानकारी लिएका छन् ।

उनले चिकित्सक एवं कर्मचारीसँगै सेवाग्राहीसँग पनि कुराकानी गरे । यस्तै, उनले अस्पतालको निरीक्षण पनि गरे । मुख्यमन्त्री सिंहले अस्पतालमा सेवा प्रवाह, सरसफाई, चिकित्सक कर्मचारीको अनुपस्थितिलगायतका समस्या देखिएको बताए ।

मुख्यमन्त्री सिंहले यी समस्याहरू तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका छन् । यस्तै, अस्पतालमा मनलाग्दी अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसमेत सोधिने उनले जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर