2024-03-28

Close

भ्रममा नपर्नुस राजपाले कालो दिवस  मनाउछ: संजय चौधरी

 

जनकपुर २० गते भदौँ । मधेशी लगायतका अधिकारबाट बञ्चित भएका बर्गको असन्तुष्टि भएपनि विगतमा भएको संबिधान जारीको विरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपालले यो वर्ष पनि असोज ३ गते कालो दिवसका रुपमा मनाउने पार्टीको निर्णय रहेको बताउनु भएको छ । पार्टीको बैठकबाट कालो दिवस बनाउने निर्णय भएपछि प्रदेश नं. २ सरकारले तीन दिवसीय संबिधान दिवस मनाउने निर्णय पछि आम जनता असमन्जसमा परेको बेला पार्टीका केन्द्रिय सदस्य चौधरीले प्रदेशमा कुनै त्यस्तो निर्णय नभएको दावी गर्नुभयो । उहाँले भन्नु भयो ,‘ पार्टीको आधिकारित निर्णय छ संबिधान संशोधन नभए सम्म असोज ३ राजपाले कालो दिवस मनाउछ ।

 

कुनै तत्वले भ्रम फैलाउने काम मात्र गरेको भन्दै उहाँले प्रदेशका राजपाका कुनै पनि मन्त्रीले यस्तो कुनै बैठकमा सहभागी भएका छैनन् जसमा संबिधान दिवस मनाउने निर्णय भएको हो भन्नु भयो । यता, प्रदेश नं. २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले तीन दिवसीय रुपमा संबिधान दिवस मनाउने विषयमा गरेको बैठकमा राजपाका कुनै पनि मन्त्रीको उपस्थिती नभएपनि जनकपुरधामका उपमेयर रिता कुमारी मिश्रको उपस्थिती रहेको बताउनु भयो । यसरी प्रदेशमा गठबन्धनको सरकारको बैठकमा कुनै खास पार्टीका मन्त्रीहरुको उपस्थिती बिना नै परस्पर विरोधी निर्णय लिनु आफैमा भ्रम फैलाउने काम भएको छ ।

 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रिय कार्यालयमा ६ जना अध्यक्षहरुको बैठकबाट आगामी असोज ३ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय भएकै हो । संविधान संशोधनको मुद्दा हालसम्म सम्बोधन नभएको भन्दै राजपा नेपालले विगतमा संविधान जारी भएको दिन असोज ३ गतेलाई विरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिंदै यसपाली पनि आगामी असोज ३ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादबले जनाउनु भयो । उहाँको संयोजकत्वमा मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सो दिन देशव्यापी रुपमा विरोध दिवस मनाउने निर्णय गरिएको राजपाले जनाएको छ । संविधान संशोधनका लागि कुनै पहल नभएपछि सरकारले सो दिनलाई भव्य रुपमा मनाउने तयारी गरिरहँदा राजपाले पहिले झैँ यो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । यता,असोज ३ गते संविधान दिवसको अवसरमा तीन दिने कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनु भयो ।

 

निर्णय अनुसार कार्यक्रमको पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र ड्रग्स नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम, दोस्रो दिन असोज ३ गते विभिन्न कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिने मन्त्री यादवले बताउनु भयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds