श्याम गुप्ता
बारा, ९ बैशाख
बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई समर्थन गरेका छन् ।
तेलीले नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफ्नाें उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्, भने उनले विज्ञप्ति जारी गर्दै आफ्नों उम्मेदवारी समेत निष्कृय गरेका हुँन् ।
उनले विज्ञप्ति जारी गर्दै भने, ‘‘एमालेका पुरुषोत्तम पौडेल बारा कै चिर परिचित अनुहार तथा बाराका पुरानों र जनमुखी नेता हुँन् ।
बारामा भएका विकासको पहल कर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउँन आम मतदाता सँग अपिल समेत गरेका छन् ।’’
उनले भने, ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदा धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नैं भन्ने निष्कर्ष निकालें ।’
उनले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आँफूलाई मन परेको बताए । बाराका ४ वटा निर्वाचन क्षेत्रहरु मध्ये सबै भन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तम कै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ती पुरुषोत्तमको आवश्यक्ता भएको निष्कर्ष समेत उनले सुनाए ।