2024-10-12

Close

जनकपुरधाम,१५ फाल्गुन । धनुषामा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय भएको रहस्य खुलेको छ। सो गिरोहले मोटरसाइकल लाइसेन्स बनाउन ६० हजार रुपैयाँसम्म असुली गर्छ।

गत माघ २९ मा महोत्तरीको गौशाला नगरपालिका १२ का हरिनारायण भन्ने कृष्णदेव कुशवाहा प्रहरी चेकजाँचमा परे। उनीहसँग लाइसेन्स त थियो, तर नक्कली। ट्राफिक प्रहरीले नक्कली लाइसेन्स ठहर गरेपछि कुशवाहा आश्चर्यमा परे।

ट्राफिक प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याए। प्रहरीसँगको बयानमा कुशवाहाले नागरिकता कसरी बनाएको रहस्य खोले। जनकपुरधाम उपमहानगरपालिका ९ का चन्दन मिश्रले ५ हजारमा कुशवाहालाई लाइसेन्स बनाइदिएको बताएपछि प्रहरीले छानबीन सुरु गर्‍यो।

छानविनका क्रममा चन्दनकी आमा रुबी मिश्र पनि नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्‍न देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। फागुन १३ गते रुबीलाई पक्राउ गरिसकेको बताए।

नक्कली लाइसेन्स बनाउने गिरोहकी नाइके रहेकी रुबी अहिले प्रहरी हिरासतमा छिन्। प्रहरीले जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनका छोरा चन्दन भने अझै फरार छन्। उनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ। एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार रुबीले छोरा र अन्य व्यक्तिलाई कमिशन दिएर लाइसेन्स बनाउने व्यक्तिको खोजी गर्न लगाउने गरेकी थिइन्।

प्रहरी नायब उपरीक्षक कार्कीले रुबी ६० हजार रुपैया लिएर सरकारी छाप समेत किर्तेगरी नक्कली सवारी लाइसेन्स बनाउने गरेको ४ वटा उजुरी परेको बताएका छन्। उनका अनुसार रुवी मिश्रको विरुद्धमा अन्य उजुरी समेत आउने क्रम जारी रहेको छ।

फेला परेको ति नक्कली लाइसेन्स कहाँ बनाइयो र अन्य कति जनाको संलग्नता रहेको विषयमा केहि खुल्न सकेका छैन। स्रोतका अनुसार नक्कली लाइसेन्स बनाउने रुवी मिश्रको गिरोहमा दर्जनौं व्यक्ति संलग्न छन्। रुबीले आफ्नै छोरा मार्फत लाइसेन्स बनाउने व्यक्ति खोजेर नक्कली लाइसेन्स बनाउने गर्थिन्।

प्रहरी नायब उपरीक्षक कार्कीले सरकारी छाप समेत किर्ते भएकोले गम्भीर किसिमले अनुसन्धान भइरहेको बताए। उनले भने, ‘यो गम्भीर विषय हो, त्यसैले अहिले धेरै कुरा भन्न सकिँदैन, अनुसन्धान सकेपछि थप कुराहरु सार्वजनिक गर्छौं।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर