2024-04-24

Close

अप्पन डेस्क,जनकपुरधाम,२९ पुस । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गर्नु भएको छ ।

निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उक्त योजनाको प्रगतिवारे जानकारी लिनु हुँदै दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ । उहाँले पहिलो चरणको कार्य सम्पन्न भए लगतै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको कार्य शुरु गरिने जानकारी समेत गराउनु भयो । दोस्रो चरणको योजनाको लागी मन्दिर संग सरोकार राख्ने महन्थ, नागरिक समाज , राजनीतिकर्मी ,संचारकर्मी समेतको राय सुझाव लिन समेत उहाँले परियोजना प्रमुखलाई निर्देशन दिनु भएको हो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिवन्ध गर्नुका साथै श्रद्धालुहरुलाई जुत्ता चप्पल समेत परिसर बाहिरै राख्न लगाउनका लागी सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई निर्देशन समेत दिनु भयो ।

मन्दिरलाई सधैभरि सफा राख्न प्रदेश सरकारले सफाई कर्मी नै नियुक्त गर्ने जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले मन्दिरको सौन्दर्यीकरणको लागी रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले मन्दिरको अगाडीमै रहेको जानकी फुलवारी सौन्दर्यीकरणको कामलाई समेत अगाडी बढाउन निर्देशन दिनु भएको हो ।

सोही अवसरमा मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको टावर लाइटको उद्घाटन समेत गर्नु भएको छ ।
स्थलगत निरीक्षणको क्रममा जनकपुरधाम उपमहानगरका प्रमुखलाल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डिई भगवान झा सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds