2024-10-08

Close

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ ।

थुनुवालाई खाजा पुर्‍याउने बहानामा चाउचाउको प्याकेटभित्र हेक्सो ब्लेड राखेर हिरासत कक्ष पुर्‍याउने एकजना व्यक्ति पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ बलवाटोलका १९ वर्षीय दिपेश मुखिया रहेको धनुषा प्रहरीले जनाएको छ ।

मुखिया धरौटीमा छुट्ने भएपछि फरार भएका नौं जना थुनुवाहरूले मुखियासँग मिलेमतो गरेर थुनुवा कक्षमा हेक्सो ब्लेड छिराउने योजना बनाएको खुलेको प्रहरीले बताएको छ ।

अभद्र व्यवहार मुद्दामा प्रहरीको हिरासतमा रहेका मुखिया एकसाता अघि मात्रै धरौटीमा रिहा भएका थिए ।

योजना अनुसार मुखिया धरौटीमा बाहिर निस्केपछि ती थुनावाहरूलाई खाजा दिने बहानामा चाउचाउको प्याकेटमा हेक्सो ब्लेड पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरीले बताएका छन् ।

उनका अनुसार ६ गते राति फरार भएका थुनुवा र हेक्सो ब्लेड दिने मुखिया पहिलादेखि कै चिनजानका साथी रहेको पनि खुलेको छ ।

‘हिरासतमै हुँदा तिनीहरूले शौचालयको रड काट्नका लागि हेक्सो ब्लेड ल्याउने योजना बनाएका रहेछन्’, प्रहरीले भने, ‘मुखिया पूर्वयोजना अनुसार धरौटीमा छुटिसकेपछि उनीहरूलाई खाजा दिने बहानामा चाउचाउको प्याकेट भित्र दुई टुक्रा पारेर हेक्सो ब्लेड राखी फेभिकलले चाउचाउ प्याकेट पुनः बन्द गरी हिरासत कक्षमा पुर्‍याएका थिए ।’

त्यहीँ दुई टुक्रा हेक्सो ब्लेडले थुनुवा कक्षमा रहेको शौचालयको भेन्टिलेसनमा लागेको रड काटेर असोज ६ गते राति ९ जना थुनुवा फरार भएका थिए ।

तर, थुनुवा फरार भएको खबर प्रहरीले पाए लगतै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी पक्राउ गरेको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले तीनजना प्रहरीलाई निलम्बित गरेको छ । असोज ६ गते हिरासत कक्षको निगरानीमा बसकेका तीनजना प्रहरीलाई निलम्बन गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर