2025-01-16

Close

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका १ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनको समाचार संकलन गर्न पुगेकी पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ । आईतवार धनुषाधाम नगरपालिका १ स्थित ठाकुर प्रसाद स्मिृति भवन मतदान स्थलमा समाचार संकलनका लागि पुगेकी पत्रकार चाँन्दनी झालाई प्रहरीले दुव्र्यवहार गरेको हो ।

प्राइम टेलिभिजनमा कार्यरत पत्रकार झा समाचर सम्प्रेशषणका लागि मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरी नायब निरीक्षक (सई) अशोक झाले मूलद्धारमै रोकेर उनलाई दुव्र्यवहार गरेका छन् ।

आफू सहकर्मीसहित टिभी टुडेको लागि समचार संकलन गर्न मतदान स्थलमा पुगेका थियौं, पत्रकार झाले भनिन् मतदानस्थल भित्र प्रवेश गर्न खोज्दा गेटमा खटिएका प्रहरीले परिचयपत्र देखाउन भन्यो, मैले आफ्नो परिचयपत्र देखाएर भित्र जानै लाग्दा सई अशोक झा आएर मलाई बाहिर निकाल्न प्रहरीलाई निर्देशन दिँदै हप्काउन थाले ।

मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको हो प्रश्न गर्दा त्यो कुरा निर्वाचन अधिकृतलाई सोधनुस् भनेर प्रहरी झाले गैरजिम्मेवारी जवाफ मात्रै दिएन आफूसँग विवादनै गर्न खाजेको पत्रकार चाँन्दनी झाले गुनोसो गरिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सई झा उपनिर्वाचनमा खटिएका थिए । मतदान स्थल अवलोकन गर्न समाचार प्रयोजनका लागि पत्रकारलाई फोटो लिन रोक नलगाएको सहायक निर्वााचन अधिकृत प्रतिक्षा चौधरीले बताइन् । उनले भनिन्, हामीले मतदाताको गोप्यनियतामा खलल नपुगने गरी समचार संकलन गर्न कुनै पत्रकारलाई अरोध गरेको छैनौं ।

प्रहरीले पत्रकारलाई प्रवेश गर्न दिएको प्रश्नमा उनले भनिनु, हामीलाई त्यो कुरा जानकारी भएन र कुनै पत्रकारले हामीलाई मतदानस्थलमा प्रवेश गर्न नदिएको गुनासो पनि गरेको छैन् । तर पनि यो विषयमा हामी बुझछौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर