2024-03-28

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीको विद्यार्थी संगठनले मधेश प्रदेशका मुख्यमन्त्रीसहित कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

लोसपा निकट विद्यार्थी संघ मधेस प्रदेश कमिटीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।

अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र मन्त्रिमण्डल लगायतका कर्मचारीलाई बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन लोसपा विद्यार्थी संगठनले प्रदेश प्रमुखसमक्ष माग गरेको छ ।

‘अख्तियार दुरुपयोग आयोगले २०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयबाट यस प्रदेशको लोकप्रिय कार्यक्रम मध्ये ‘मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरी पर्न आएकोले छानबिनका लागि लगिएको फाइल र उपलब्ध कागजातहरुको आधारमा साउन १८ गते लामो सूक्ष्म अध्ययन र छानबिन पश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म मुख्यमन्त्री कार्यालयका कर्मचारी र साइकल आपूर्तिकर्ताले नेपाल सरकाररप्रदेश सरकारलाई बदनियतपूर्वक १० करोड ३३ लाख रुपैयाँ गरेको भनी अख्तियारले पुष्टि गरि अदालतमा मुद्दासमेत दायर गरेको उल्लेख छ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जनभावनाको विपरीत गई प्रदेशको गरिमा माथी ठेस पुग्ने कार्य भएमा आफूहरु बाध्य भएर जनतासामु प्रदेश रक्षाको निम्ति कड़ा संघर्षमा उत्रिन बाध्य हुने लोकतान्त्रिक विद्यार्थी संघले चेतावनीसमेत दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds