2024-03-19

Close

विपिन कुमार यादव,जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगडियाले मधेसी सहिदको बलिदानी खेर नजाने दावी गरेका छन् ।

मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा संसदिय सम्पर्क कार्यालय जनकपुरको भानु चौकमा आयोजना गरेको बलिदानी कार्यक्रममा बोल्दै प्रमुख सचेतक अरगडियाले मधेसी सहिदहरुको बलिदानीका कारण मुलुक संघियतामा आएको बताए । यद्यपी, सहिदहरुको मांग र भावना प्रति पार्टी अझै गम्भिर हुनु पर्ने आवश्यकता रहेको बताउँदै प्रमुख सचेतक अरगडियाले भने – पार्टीका उच्च नेताहरु नै सहिद परिवारलाई अवमूल्यन गर्दै आएको छ । तर पनि आफुहरु उनीहरुको लागि सक्दो सहयोग दिनरात लागि परेका छौं ।

सहिदहरुले दिएको भ्यान्डेड अनुरुप कार्य गर्न मधेसवादी नेताहरु लचिलो हुनु पर्नेमा जोड दिदैं प्रमुख सचेतक अरगडियाले भने – प्रदेश नम्बर २ को मधेसवादी दलको सरकार समेत सहिदहरुको देन हो । यसलाई कस्ले कहिले पनि बिर्सनु हुन्न ।

मधेसवादी दलका केहि उच्च नेताहरुले भागवण्डा अनुरुप प्रदेस सरकारको मन्त्रि नियुक्त गरिएको कारणले समेत प्रदेस मन्त्रिहरु केन्द्रिय नेता रिझाउनमै तल्लिन रहेको टिप्पणी गरे ।

धनुषा क्षेत्र नं.२ का जसपा नेता किशोरी यादवको अध्यक्षतामा आयोजित बलिदानी कार्यक्रममा जसपा नेता कमलदेव मण्डल, सोरज मण्डल, उदय यादव, जोगेन्द्र दास, विपिन्न देव यादव, इन्दु नारायण मण्डल, पवन कुमार मण्डल, रामचन्द्र चोरवार, दिव्या देवी दास, सरोज कुमार मण्डल, प्रमोद कुमार मण्डल, मनोज कुमार दास, मनोज साह, इसराफिल राइन, मनिक लाल मण्डल, दिपेश यादव, रामजुलुम यादव लगायका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds