2025-04-26

Close

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा यस सिजन पहिलोपटक सुपर ओभरमा गएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

सुपर ओभरमा राजस्थानले दिएको १२‌ रनको लक्ष्य दिल्लीले ४‌ बलमै पूरा गर्यो । ट्रिस्टन स्टब्सले विजयी छक्का प्रहार गरे ।

त्यसअघि २० ओभरको खेलमा दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएपछि बराबरी हुँदै खेल सुपर ओभरमा गएको थियो ।

राजस्थानका यशस्वी जैसवाल र नितिश रानाले अर्धशतक बनाउँदै समान ५१ रन बनाएपनि निर्धारित ओभरमा जित भने दिलाउन सकेनन् । कप्तान सन्जु सामसनले ३१ रन बनाउँदा ध्रुव जुरेल २६ रनमा रनआउट भए ।

अन्तिम ओभरमा हितका लागि ९ रन आवश्यक हुँदा‌ मिचेल स्टार्कले शानदार योर्कर बलहरू प्रयोग गर्दै ८ रन मात्र दिए । अन्तिम बलमा २ रन चाहिँदा जुरेल रनआउट भएका थिए । मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । अभिषेक पोरेलले सर्वाधिक ४९ रन बनाए भने केएल राहुलले ३८ तथा कप्तान अक्षर पटेल र ट्रिस्टन स्टब्सले समान ३४ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा महीश थिक्साना र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।

योसँगै ६ खेलमा पाँचौं जित निकालेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने ७ खेलमा ४ अंक भएको राजस्थान आठौं स्थानमा यथावत् छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर