2025-05-04

Close

वीरगन्ज १९ वैशाख

सशस्त्र प्रहरी बल पर्साले ४९ लाख रुपैयाँ बराबरको  भन्सार छलि गरि भित्राएको अवैध सामानहरु पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले सिमानाका हुने तस्करीमा कडाई गरि एक महिनामा करिब ४९ लाख रुपैया बराबरको अवैध सामानहरु पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले आफ्नो मातहत पर्ने आईसिपी, अलौ,तिलावेपुल, बार्वा, अमरपर्टी, झौवा, मधवल र प्रसौनी नाकाहरुबाट लत्ताकपडा, किराना सामान,हाडयेवर, कबाड,कस्मेटीक सामान, ईलेक्ट्रोनिक ,मकै, कुखुराको चल्ला,लोकल कुखुरा तथा तयारी बोयाईलर कुखुरा मासु सहित मोटरसाइकल, अटो र टिम्पु लगाएतको सामानहरु पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।त्यसैगरि सिमानाकाहरुमा कडाई गरि प्रतिबन्धित कुखुरा चल्ला, लोकल कुखुरा, माछा र तयारी कुखुराको मासु करिब ७ लाख रुपैया बराबरको पक्राउ गरि स्थानिय, कवाईरेन्टाइन र संचारकर्मीको रोहबरमा नष्ट गरेको डिएसपी पुजाराले बताउनुभयो ।

सशस्त्र प्रहरी बल गुल्म अलौले बुधबारको बिहान ८ बजे नेपालबाट भारततर्फ जाँदै गरेको मदिरा सहित मोटरसाइकल पक्राउ गरि भन्सार बुझाएको डिएसपी पुजारले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर