2025-05-08

Close

जनकपुरधाम । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जना पक्राउ गरेको हो ।

उनीहरूले अनलाइनको दुरुपयोग गरेर दुई करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाको प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए ।

उनका अनुसार धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा-७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका-१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका-२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा पक्राउ परेका छन् ।

उनीहरूले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर स्थानीयलाई ठगी गर्ने गरेका थिए । पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसनधानमा देखिएको छ ।

उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए । हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनीहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर