2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम, कार्तिक २५ । जनता समाजवादी पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाएका छन ।
जसपा निकट युवा संघले आज जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको उल्लेख गर्नु भयो ।
मुलुक कोरोना महामारीको संकट झेली रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्ने सरकार त्यस बाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागी दुर्भाग्य रहेको बताउनु भयो ।

जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको उल्लेख गर्नु हुँदै उहाँले आफु हरु सरकार विरुद्ध सबै मोर्चामा लडने उल्लेख गर्नुृ भयो ।
आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले शिक्षित र सक्षम युृवाहरुलाई नेतृत्व गर्ने समय आइ सकेको उल्लेख गर्नु भयो ।

विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह समेत गर्नु भयो ।
समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेको करिब तीन सय युवाहरुलाई प्रमुख अतिथि यादवले पार्टीमा स्वागत गर्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds