2024-10-13

Close

अप्पन समाचार डेस्क जनकपुरधाम : चाडपर्वको नाममा विगत जस्तै यसवर्ष पनि धनुषामा तस्करी मौलाएको छ । व्यापारीहरुले प्रहरीकै मिलोमतोमा तस्करी गर्ने गरेको केहि प्रमाण अप्पन जनकपुरले फेला पारेको छ ।

सबैला नगरपालिका १० मा घुमुवा प्रहरीले करिब चार वटा मोटरसाइकलमा भन्सार छलीको समान ल्याउनेहरुलाई समात्यो (हेर्नुस् तस्विर) । तर घुमुवाले उनीहरुलाई केहि बेरमै छाडे । स्थानीयका अनुसार तस्करबाट प्रहरीले महिनाबारी असुल्छन् । सोही कारण तस्करीका समान समातेर पनि व्यापारीलाई उन्मुक्ति दिइयो ।

व्यापारीको समान समातेर छाड्ने घुमुवा हुन्– खरिहानी प्रहरी चौकीका सुरेन्द्र ठाकुर । ठाकुर चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लाल बहादुर तामाङकै निर्देशनमा व्यापारीबाट रकम असुल्ने गरेका छन् । चाडपर्वको नाममा रकम उठाउन प्रहरीले तस्करी खुल्ला गरेको स्रोतको दावी छ ।

ठाडी, दुहबी र गोबराही नाका हुँदै व्यापारीहरुले राजमार्गसम्म तस्करीका समान पुर्याउने गर्छन् । राजमार्ग र सिमा क्षेत्रको बीचमा पर्ने सबै प्रहरी कार्यालयका इन्चार्जलाई व्यापारीले महिनावारी तोकेका छन् । तस्करीका कारण दैनिक लाखौं रुपैया राजश्व गुम्ने गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर