अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि डिआईजी उमाप्रसाद चतुर्वेदीले मंगलवार जिल्ला प्रहरी कार्यालयहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन् । जसमध्ये आज उनले रौतहटको स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।
अनुगमन तथा निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले उपस्थित प्रायः जिल्ला प्रहरी कार्यालय रौतहट जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरूलाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका हुन् ।
सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको जिउधनक सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हुन् । डिआईजी चतुर्वेदीले भारतबाट हुनेगरेको विभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिए ।