हिमालयन शेर्पा क्लब फाईनलमा प्रवेश

श्याम गुप्ता
बारा, १५ चैत
मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ ।
बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल खेल खेल्दै एक दशक पछि हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो ।
गत २०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उप– विजेता बनेको थियो । सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशक पछि तेश्रो पटक फाइनल यात्रा तय गरेको हो ।
हिमालयन शेर्पाले खेलको २९ औं मिनटमा सुशिल राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशिलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शेर्पाको डिएरियाबाट बल खोस्दै काउण्टर मुभ बनाएका अब्योमी र सुशीलको आकर्षक तालमेलमा पहिलो हाफमा शेर्पाको अग्रता सम्भव भयो ।
हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने । खेलको ७४ औं मिनटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले आकर्षक दुई गोल गरे ।
खेलको ८७ औं मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै निशान लिम्बुले हिमालयन शेर्पाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल खोस्दै मिलनले निशानलाई सुन्दर पास उपलव्ध गराएका थिए । खेलको ७४ औं मिनटमा खामिर गिल्सनको ठाउँमा मैदान प्रवेश गरेका मिलन राईले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खेलको अन्तिम समयमा निशान लिम्बुको व्यक्तिगत दोश्रो गोलबाट हिमालयन शेर्पाले ३–० को जित सुनिश्चित गर्दै फाइनल यात्रा तय ग¥यो । इन्ज्युरी समयको चौथो मिनटमा हिमालयन शेर्पाका मिलन राइको पासमा निाशानले अर्को गोल थपे । डिबक्स भित्र डिफेण्डरको गल्तीका कारण मकवानपुरले अन्तिम मिनटमा तेश्रो गोल बेहोर्नु प¥यो ।
क्वाटरफाइनलमा भरतपुर फुटबल क्लबविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको मकवानपुर ११ हिमालयन शेर्पाको सामु निरिह देखियो । शेर्पा विरुद्ध मकवानपुरले सम्झन लायक अवसर बनाउन सकेन ।
प्रतियोगिता अन्तर्गत विहिबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेड विच दोश्रो सेमिफाइनल खेल हुने छ ।
शनिबार हुने फाइनल खेलको प्रमूख अतिथीका रुपमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादब उपस्थित हुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

बिज्ञापन