2025-05-30

Close

सिरहा । सिरहा नगरपालिका–१७ माडर ब्रजमोहन झबुराम माध्यमिक विद्यालयमा डा. कृष्ण कुमार यादवको अगुवाइमा रामअषिश यादव स्मृति प्रतिष्ठानद्वारा कन्सेप्चुअल कोचिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । सबै सामाजिक कार्यमा अग्रसर रहने डा. यादव कक्षा ८, ९ र १० मा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीलाई लक्षित गर्दै कोचिङ सेन्टर सञ्चालन ल्याएको छ । यस कोचिङ सेन्टरले सीमावर्ती क्षेत्रको शैक्षिक विकासमा नयाँ आशा जगाउने शनिवार उद्घाटन सत्रमा सहभागि भएका वक्ताहरुले बताए ।
कोचिङ्ग सेन्टरको उद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष डा. कृष्ण यादवले भने, “मेरो बुवा शिक्षण पेशामा समर्पित थिए । उनी कार्यरत विद्यालयबाटै शैक्षिक क्रियाकलापको थालनी गर्नु मेरो जिम्मेवारी हो ।” उनले थपे, “जरा मजबुत भए मात्र माथिको हाङ्गा राम्रो हुन्छ, त्यसैले गुणस्तरीय शिक्षाका लागि आधारभूत तहमा ध्यान दिनुपर्छ ।”
समारोहमा पूर्वप्रधानाध्यापक बेचु साहले आफ्नो वृद्धावस्थालाई स्मरण गर्दै भने, “यो मेरो जीवनको अन्तिम सार्वजनिक कार्यक्रम हो । अब शारीरिक अस्वस्थताले अन्यत्र सहभागी हुन सक्दिन ।” उनी आफैं २०३६ सालमा ब्रजमोहन झबुराम माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए र रामअषिश यादवसँगको वैचारिक सम्बन्धकै कारण कार्यक्रममा सहभागी भएको बताए ।
पूर्व प्रअ साहले पछिल्लो समय शिक्षामा राजनीतिक हस्तक्षेपले गुणस्तरमा गिरावट आएकोप्रति चिन्ता व्यक्त गर्दै भने, “शिक्षक र विद्यार्थी दुबै अनुशासनमा रहनुपर्ने हो, तर राजनीतिक प्रभावका कारण शिक्षकहरू खण्डित भइरहेका छन् । यदि शिक्षामा सुधार चाहिन्छ भने शिक्षकमाथि कडाइ, अभिभावकको निगरानी र विद्यार्थीको लगाव अनिवार्य हुनुपर्छ ।”
वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता रामरिझण यादवले रामअषिश यादवको शैक्षिक योगदानको चर्चा गर्दै भने, “उनले आफ्ना छोराहरूलाई बाल्यकालदेखि विज्ञान र गणितमा दक्ष बनाउँदै डाक्टर बन्ने बाटो खोले। आज उनका छोरा डा. कृष्ण कुमार यादवले बुवाको अधुरो सपना पूरा गरिरहेका छन् ।” उनले हरेक महिनामा दुई दिन कक्षा लिएर योगदान दिने प्रतिबद्धता जनाए ।
कार्यक्रम चन्देश्वर गोइतको अध्यक्षतामा सम्पन्न भएको थियो। सिरहा नगरपालिका वडा नं. १७ का वडाध्यक्ष उमेश कुमार यादव, ब्रझजमाविका प्राचार्य जयचन्द्र यादव, व्यवस्थापन समितिका अध्यक्ष काशी यादव, समाजसेवी अनिरुद्र ठाकुर, बुद्धिजीवी चन्देश्वर प्रसाद यादव लगायतले रामअषिश यादवको योगदानलाई स्मरण गर्दै मन्तव्य दिएका थिए । स्वागत मन्तव्य सकलदेव यादवले राखेका थिए ।
यो सेन्टर निःशूल्क रूपमा संचालन गरिने भएकाले सीमावर्ती क्षेत्रका विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच दिलाउने उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ ।

  

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर