2024-04-19

Close

वीरगञ्ज । पर्सा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई सम्मान गरेको छ । जिल्ला न्यायाधीश धर्मराज पौडेलले प्रहरी निरीक्षक थापालाई बुधबार प्रशंसापत्रसहित सम्मान गरे ।

अदालतमा कायम रहेको दण्ड जरिवानाको बेरुजु लगत असुल उपर गर्ने कार्यमा पुर्‍याएको योगदानको कदर स्वरुप प्रहरी निरीक्षक थापालाई प्रशंसापत्र प्रदान गरिएको तहसिलदार विनोद पोखरेलले जानकारी दिए । अदालती फैसला कार्यान्वयनमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी निरीक्षकलाई अदालतले वर्षेनी सम्मान गर्दै आएको छ ।

प्रहरी निरीक्षक थापाले अन्य प्रहरी निरीक्षकले भन्दा बढी दण्ड जरिवाना असुलमा सहयोग पुर्‍याएकोले सम्मान गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ । प्रशंसापत्र प्रदान गर्दै जिल्ला न्यायाधीश पौडेलले अदालतको फैसला कार्यान्वयन नहुँदा पीडितले न्याय नपाउने बताए ।

पर्सा जिल्ला अदालतले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रहरीको सहयोग तथा अन्य उपायबाट ३४४ जना दोषीलाई पक्राउ गरी ५७ वर्ष ६ महीना १ दिन कैद र १ करोड ४८ लाख ८१ हजार २ सय ३० रुपैयाँ जरिवाना असुल भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds