
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा १७६ किलो लागूऔषध गाँजा सहित मानिस र पिकप बरामद गरेको छ । प्रहरीले वीरगन्ज वडा नम्बर १७ अलौ टोलबाट १७६ किलो लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रामेछाप खडादेबी गाऊपालिका वडा नम्बर १ बस्ने बर्ष २८ को सुबराज श्रेष्ठलाई गाँजा सहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी श्रिसियाको प्रमुख एवम बरिस्ठ प्रहरी नायब निरीक्षक शयामबाबु यादवको कमान्ड खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्वास्थ चौकी स्थित अलौबाट कोनिया तर्फ जाँदै गरेको बा २१ च ७८५५ नम्बरको पिकपकोलाई रोकी चेकजाँचगर्दा पछाडिपट्टि पलाष्टिकको बोरामा १२ पोका गरि १७६ किलो लागुऔषध गाँजा सहित श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताए ।




पक्राउ परेका निजको विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

