गणेशमान चारनाथ नगरपालिकमा गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । घरमा सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै यस्तो सेवा थालिएको हो ।

अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउन एम्बुलेन्स सेवा सञ्चालन गरिएको नगर प्रमुख जितनारायण यादवले बताए । यो सेवाबाट आमा र शिशुको स्वास्थ्य निगरानी गर्न तथा परामर्श दिन सहयोग पुग्ने उनको तर्क छ ।

बिज्ञापन

निकट भविष्यमा छिमेकी नगरपालिका तथा गाउँपालिकाका बिरामीलाई पनि यस्तो सेवा उपलब्ध गराउने योजना नगरपालिकाको रहेको उनले बताए ।