2024-03-28

Close

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘बी’ को सेमिफाइनलमा प्रवेश गरेको छ। सोमाबर भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

नेपालले समूह चरणका तीन म्याच जित्यो। नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो । शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ३९ रन तथा शनिबार भएको दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको जित निकालेको थियो।

तेस्रो तथा अन्तिम खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले नटआउट २७, आसिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल शून्य रनमा आउट भए।

क्यानडाका सलमान नजिर र कलीम सनाले एक/एक विकेट हात पारे । यसअघि ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रन जोड्यो । क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे ।

रयान पठानले १४ रनको योगदान गरे। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई विकेट हात पारे। कुशल मल्लले एक विकेट लिए।

ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। क्यानडा र फिलिपिन्स बाहिरिएको छ। अब नेपालले मंगलबार सेमिफाइनलमा यूएईको सामना गर्नेछ। यूएईलाई हराए अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन्।

आयरल्याण्ड र यूएई पनि सेमिफाइनलमा

यूएई आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा बहराइनसँग २ रनले हारेपनि नेटरनरेटका आधारमा उसलाई पछि पार्दै यूएई सेमिफाइनलमा पुगेको हो। २ रनको जितसँगै बहराइनले इतिहास रचेको छ। बहराइनले पहिलोपटक एकदिवसीय मान्यता टोलीलाई हराउँदै इतिहास रचेको हो।

बहराइनले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो। उसका लागि वृत्य अरविन्दले शानदार ब्याटिङ गरे।

उनले ५२ बलमा ६चौका र ५ छक्काको मद्दतमा अविजित ८४ रनको योगदान दिए। यस्तै, रोहन मुस्तफाले ४१ र चिराग सुरीले २६ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा सरफराज अलीले सथैया वीरपाथिरान, शाहिद महमूद र इमरान अनवरले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो।

उसका लागि डेविड म्याथियासले अविजित ४६, उमर इम्तियाजले ४२, हैदर बटले ३५ र कप्तान सरफराज अलीले ३२ रनको योगदान दिए। यूएईका लागि बासिल हमिद, काशिफ दाउद, कार्तिक मयप्पन र जवर फरीले १–१ विकेट लिए। आयरल्यान्ड समूह विजेता तथा यूएई उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

सोमबार भएको खेलमा जर्मनीलाई ७ विकेट हराउँदै समेमिफाइनलमा पुगेको हो। जर्मनीले दिएको १ सय ८ रनको लक्ष्य आयरल्याण्डले १३.१ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो। उसका लागि पउल स्टर्लिङले राम्रो ब्याटिङ गरे।

उनले २७ बलमा ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ३४ रनको योगदान दिए। यस्तै, कप्तान एन्डी बालबर्नीले ३२, ह्यारी टेक्टरले अविजित २४, ग्यारेथ डेलानीले ११ र लोर्कन टकरले नटआउट ९ रन बनाए।

जर्मनीका लागि मुस्लिम यारले २ र वेन्कटरामन गणेसनले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जर्मनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।

उसका लागि फैसल मुबासिरले अविजित ४५ र डायलन ब्लिग्नान्टले १७ रन बनाउनुबाहेक बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। आयरल्याण्डका लागि एन्डी म्याकब्राइन र जोश लिटिलले २/२ तथा सिमी सिंह, क्रेग योङ र मार्क एडेयरले १/१ विकेट हात पारे।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds