2025-06-13

Close

जनकपुरधाम । सवारी दुर्घटनाको न्यूनिकरण र सडक सुरक्षाको प्रवद्र्धनका लागि जनकपुरधाममा सञ्चालन गरिएको साताव्यापी ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्यमा आयोजित उक्त जनचेतनामूलक अभियानको समापन बुधबार गृहमन्त्री राजकुमार लेखीले एक विशेष समारोहबीच गरेका हुन् ।

‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२’ भन्ने नारासहित जेठ २२ गतेदेखि सुरु भएको सप्ताहव्यापी अभियान अन्तर्गत जनकपुरधामको विभिन्न क्षेत्रमा प्रभातफेरी, प्लेकार्ड प्रदर्शन, ट्राफिक नियमका सन्देशमूलक पम्प्लेट वितरण लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखीले सडक अनुशासन र ट्राफिक सुरक्षालाई प्रभावकारी बनाउन राज्य, सुरक्षा निकाय र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले जनचेतनामूलक यस्ता कार्यक्रमहरूले दीर्घकालीन रुपमा दुर्घटनामा कमी ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका ट्राफिक प्रमुख इन्स्पेक्टर सूर्यबहादुर शाहीले सहभागीलाई ट्राफिक नियमको पालनाबाट हुने लाभका बारेमा जानकारी दिँदै नियम उल्लङ्घनकै कारण धेरैजसो दुर्घटना हुने गरेको बताए । उनले जनतामा ट्राफिक नियमको विषयमा व्यवहारिक चेतना अभिवृद्धि गर्नु अभियानको मुख्य उद्देश्य रहेको प्रस्ट पारे ।

कार्यक्रममा प्रहरी, सरकारी कर्मचारी, विद्यालयका विद्यार्थी, सामाजिक अभियन्ता तथा ट्राफिक सचेतकहरूको उल्लेखनीय सहभागिता थियो । सहभागीहरूले ‘सडक अनुशासन, जीवनको सुरक्षा’ भन्ने मूल सन्देशलाई जनमानसमा पुर्याउने उद्देश्यसहित जनकपुरधामका विभिन्न क्षेत्रमा प्रभातफेरी निकालेका थिए ।

आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै निरन्तरता दिने तयारी ट्राफिक कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर