2024-04-20

Close

जनकपुरधाम,जसपा युवा नेता प्रशान्त झा भनिन्छ लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको समान गरिनुपर्छ अर्थात राज्य संचालनको लागि नियतिनियम बनाउदा र त्यसलाई कार्यान्वयन गराउनको लागि अल्पमतको पनि विश्वासमा लिनुपर्छ अन्यथा बहुमतको बलमा जुनसुकै कानुन बनाएपनि त्यसलाई कार्यान्वयन गर्न त्यतिकै कठिन हुन्छ । विगतमा जन्मजात बलिया ठानेका शासकवर्गलाई सुरुमा अल्पमत देखिएका आन्दोलनकारीले सत्ताचूय्त गरेको इतिहास हामीले देखेकै छौं ।

त्यसमापनि संविधान जस्तो मुलुकको मूल दस्तावेज तयार गर्दा झन् बढी ख्याल गरिनुपर्छ तर २०७२ असोज ३ गते जसरी ठुला कहलिएका ३ ठुला दल कांग्रेस,एमाले र माओवादीले सदनमा अल्पमतमा रहेका मधेसबादी दललाई बाइपास गरेर संविधान जारी गर्न हतार गरियो त्यो न मुलुकको हितमा थियो न शोषण उत्पीडनमा परेको समुदायको यसले राज्यलाई दीर्घकालीन रूपमा राजनीतिक अस्थिरता निम्त्याएको हो । मुलुकका आधा जनसंख्या भएको मधेसका जनता प्रधानमन्त्री ओलीले दिएको नारा सुखी नेपाली समृद्ध नेपालको लागि नभए आफ्नै अधिकारको लागि लड्ने बाध्यता रहिआएको छ ।

तत्कालीन संविधानसभामा रहेका बहुमतको आडमा मुलुकको आधी जनसंख्या भएको मधेसीबादी दलले फास्ट ट्रयाकमा बनाउन लागेको संविधानको प्रक्रियासँग असन्तुष्ट रहदा पनि उसको मागको सम्बोधन गर्नुको सट्टा तराईमा सेना,पुलिस प्रशासन परिचालन गरी बहुमतको आडमा असोज ३ गते संविधान जारी गरियो त्यसलाई मधेसी जनताले इतिहासकै कालो दिनको संज्ञा दियो र असोज ३ गतेलाई कालो दिन मनाइयो र त्यसको निरंतरता संविधान संसोधन गरेर सर्वमान्य नबनाएसम्म दिने निर्णय गरियो ।

संविधानले हाम्रो पणि भावना समेट्न सकिदैन तबसम्म हामी संविधान दिवसको दिन कालो दिवस मनाउँदै रहन्छौं ।मधेसी जनताको बलिदानी र संघर्षका कारण नेपालको अन्तरिक संविधान, २०६३ मा सुनिश्चित भईसकेको अधिकारलाई समेत कटौती गर्दै २०७२ सालमा नेपालको संविधान लेखनको कार्य भईरहेको थियो । त्यतिबेला हामी आफ्नो हक अधिकार सुनिश्चितताका लागि सडकमा संघर्षरत थियौं तर सेना पुलिसले बन्दुकको बलमा सत्तारुढ राजनीतिक दलले हामीलाई दबाउन सफल भए, । फलस्वरुप हामी मधेशी जनताको भावना विपरित संविधान जारी भयौँ

त्यसैले अधुरो,अपुरो र विभेदकारी संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि हामीलाई दुगुणा जोश र उमंगका साथ लडिरहनुपर्छ र लडाइँ जारी राख्नुपर्छ ।

२०७२ सालमा संविधान निर्माण भईरहेको बेला हामीले यो संविधानमा नयाँ होईन अन्तरिम संविधानले मधेशी जनताको ग्यारेन्टी गरेको अधिकार लेखाउनको हामी सडकमा जिबन मरनको लडाइ लड्दै थियौँ । उता संविधान निर्माणको उत्सवमा काठमाडौँमा दिपावली मनाई रहँदा हाम्रा दाजुभाई खोसिएको अधिकार पुनः प्राप्तिका लागि शान्तिपूर्ण रुपले सडकमा आन्दोलन गरिरहेका थियौँ, जसमा सेना र प्रहरीले हाम्रा आन्दोलनकारी दाजुभाईलाई टाउको र छातीमा गोलि ठोकेर हत्या गर्दै थिए । यो संविधान पुर्णतः बन्दुकको नालमा लादिएको संविधान हो त्यसैले संविधान दिवसको दिन संविधानको बिरोध गरौं ।

नेपाल प्रहरीद्वारा हत्या भएको हाम्रा दाजुभाइको लास लिन सिडियो सँग बिन्ती गर्दै थियौँ, उता काठमाडौंमा मधेस दबाएर राजनीतिक दलका नेताहरु फट्ट्का पड्काउदै उत्सव मनाउदै थिए । हाम्रो मधेसको भुमि मधेसीपुत्रको रगतले रंगीएको थिए भने संविधान निर्माणको खुसीमा काठमाडौं रंग अबिरले रंगिएको थिए ।

देशको मुल कानुन भनिने संविधान बहुमतको दम्भ भन्दा नि सबै समुदायको भावनाले निर्माण हुनुपर्ने थियो । तर देशका ठुला राजनीतिक दल गणितीय खेलमा सिङ्गो समुदायलाई नजरअन्दाज गरि असोज ३ गते संविधान जारी गरे र हरेक साल असोज ३ गते सर्बजनिक बिदा दिएर संविधान दिवस मनाउन थाले । तर हामी जून समुदाय सँग जोडिएको छौं, त्यो समुदाय असोज ३ गते काँधमा लास बोकेर दाहसंस्कार गर्न गइरहेको थिए । जून उदेश्यका लागि हाम्रो दर्जनौं दाजुभाइ आफ्ना प्राण गुमाए त्यो उदेश्य पुरा नहुन्जेलसम्म कसरी संविधान दिवस मनाउन सक्छौं ?

हाम्रो बाजेबुवा पनि बराबरीको अधिकारको लागि राज्य सँग लडेकै थिए । हामी पनि यो संविधान निर्माण प्रक्रिया देखि लड्दै आएको छौँ । हामी अधिकार प्राप्तिको लडाइँको अन्तिम निर्णयसम्म पुर्याउनु सकेनौँ भने आउने पुस्ताले भएपनि लडेर गुलामीको दस्ता तोड्ने छ ।

अहिलेको संविधानमा नागरिकता,प्रदेशको सिमा,भाषा र समानुपातिक समाबेशी जुन कटौती गरिएको छ त्यसमा हाम्रो मुख्य विमति हो र यो सब संविधान संशोधन मार्फत हाम्रो माग सम्बोधन नगरेसम्म हामी असोज ३ गते दिनलाई इतिहासकै कालो दिन भनेर सम्झी रहन्छौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds