2025-06-19

Close

वीरगन्ज ५आषाढ

भारतसँग सीमा जोडिएका पर्सा जिल्लाको  महादेव पट्टीको नाका तस्करीको खुला मार्ग बन्दै गएका छन्। सीमाक्षेत्रमा सक्रिय साना तस्करदेखि सञ्जालबद्ध गिरोहसम्मको चलखेल, सुरक्षा निकायको मौन समर्थन र प्रशासनको आँखामा पट्टीले गर्दा महादेवपट्टीको नाका आज तस्करीको केन्द्रविन्दु बन्न पुगेको छ।

साना पोका बोकेर साइकल र मोटरसाइकलमार्फत  हुने तस्करी खुल्ला रूपमा हुन थालेको छ।  महादेवपट्टीको नाका अहिले  तस्करीको मुख्य रुटका रूपमा चिनिँदै गएका छन्।

 

स्रोतका अनुसार तस्करी रोक्न खटाइएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका स्थानीय प्रमुखहरू नै ‘लाइन खुलाउने’ व्यवस्थापकको भूमिकामा छन्। सीमाबाट तस्करी सहज बनाउने शर्तमा तस्करहरूसँग नियमित महिनावारी रकम असुल्ने गरिएको स्थानीय स्रोतको दाबी छ।

भारतको भङ्गहा बाट चिनी सखर मैदा कसमेटिक आईटम तयारी बोईलर कुखुरा पेय पदार्थ रजनी गन्धा टाईलस मार्बल एल सिडि लगाएत को तस्करी हुन्छन् तेस्तै पर्साको बलुवा  हुँदै भारतको भङ्गहा ईनारवा मैनाटाड जस्ता गाउँसम्म लोकल  मदिरा, चाईनिज समान प्लास्टिक जन्री सामाग्री चाईनिज  लत्ताकपडा र औद्योगिक सामग्रीको तस्करी खुलेआम भइरहेको छ। भारतको बिहार राज्यमा मदिरामाथि पूर्ण प्रतिबन्ध लागेपछि नेपालबाट भारतीय बजारमा नेपाली मदिरा ढुवानी अत्यधिक बढेको छ।

 

महादेवपट्टीको नाका बाट तस्करहरु

बिरेन्द्र साह जितेन्द्र साह बिपिन मुखिया बिन कृष्ण मुखिया बिन पासपत राउत धुरुप चौधरी  तारकिशोर दास अक्षय हजरा गनेश मुखिया सुनिल राम रहेका छ्न ।कानून होइन,तस्करीको  सञ्जाल चलिरहेको छ ?स्थानीय प्रहरी र सशस्त्रका घुमुवा र चौकी इन्चार्जहरू नै तस्करीको व्यवस्थापन गर्ने, सूचना चुहाउने र अनुगमनकर्ताहरूलाई भ्रममा पार्ने काममा संलग्न भएको आरोप व्यापक छ। यसले प्रहरी प्रशासनमाथिको जनविश्वासमा गहिरो धक्का पुर्‍याएको छ।तस्करीको चक्रव्यूहमा सुरक्षाकर्मी, स्थानीय तस्कर र प्रशासनिक तहका केही व्यक्तिहरूको साँठगाँठ स्पष्ट हुँदै जाँदा, अब प्रश्न सरकारको इच्छाशक्तिमाथि उठ्न थालेको छ—तस्करी रोक्न कानुनी कारबाही हुने हो कि, राज्यकै मिलेमतोमा यो चक्र अझै बलियो बनाइने हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर