अप्पन जनकपुर
जनकपुरधाम । जनकपुर-जयनगर रेलमा कटेर एक युवकको मृत्यु भएको छ । आज बिहान ९:४० बजे देउरी परवाहा स्टेशनदेखि पूर्व रेल लिकमा एक युवकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, जनकपुर-जयनगर रेलमा कटेर एक युवकको ज्यान गएको हो । मृतकको पहिचान अझै हुन नसकेको जनाइएको छ ।
कानमा ईयरफोन लगाएर रेल लीकमा हिडीरहेका सो युवकलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेलमा कटेर ज्यान गएके हो ।
रेल आफ्नो गतिमा रहेको बेला रोक्न खोजेपनि उनको ज्यान भने बाँच्न सकेनन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।