2025-07-16

Close

जनकपुरधाम । धनुषामा पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेका छन् ।
उनीमाथि यही असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजयकुमार गोइतलाई पेस्तोल देखाएर उनको साथमा रहेको रकम लुटपाट गरेको आरोप छ । गोइत बैंकमा पैसा जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको अनुसन्धानमा खुलेको छ ।
धनुषाका प्रहरी एसपी नरहरि रेग्मीका अनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमा पनि उनीमाथि ९–१० वटा मुद्दा दर्ता रहेको जनाइएको छ । ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छन्, नेपालमा गरेर भारत,’ प्रहरी उपरीक्षक रेग्मीले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर