जनकपुरधाम । राष्ट्रिय सभा सदस्य पदको लागि मधेश प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द प्रसाद ढुँगाना भारी मतान्तरले विजयी हाँसिल गरेका छन् ।
जनकपुरमा निर्वाचन सम्पन्न भएपछि भएको मतगणना परिणाम अनुसार नेता ढुँगानाले कुल १० हजार ८ ३९ मतभार (मत) मध्ये ७ हजार ३ ७० मत प्राप्त गरी विजयी भएका हुन् ।
यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मतमध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो ।