2024-04-27

Close

विपिन कुमार यादव ,जनकपुरधाम,१९ चैत । कोरोना भाइरसको संक्रमण जोखिम लाई मध्यनजर गर्दै धनुषा जिल्लाको कमला नगरपालिका वाडा नं.४ मा समाजवादी पार्टीको वडा पार्टी अध्यक्ष रामचलितर यादव र प्रहरीचौकी इन्चार्ज नागेन्द्र मण्डलको अगुवाइमा कमला नगरपालिका वडा नं.४ को घर घरमा पुगेर माकस वितरण गरेको छ।

विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाल सरकारले लगाएको लकडाउनमा गाउँ घरको गरिब परिवारलाई साथै वडाका सम्पुर्ण घर घरमा गएर माकस वितरण गरेको हो।
संघिय सरकार र स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि बिभिन्न कार्य योजना ल्याएपनि कमला नगरपालिकाका जनताहरु सम्स्या झेल्न बाध्य भएको स्थितिमा समाजवादी पार्टीको नगर अध्यक्ष मण्डलले जनचेतना जगाउँदै मास्क बितरण गर्दै आएका छन ।

धनुषाको पुर्वी क्षेत्र कमला नगरपालिकामा समाजवादी पार्टीका वडा नं.४ पार्टी अध्यक्ष राम चलितर यादवको योजनामा कोरोना बाट कसरी बच्ने जनचेतना दिनमा सकृय देख्दा स्थानियहरु निकै प्रफुलित छन ।

यस्तो महामारिको घडिमा स्थानिय मेयर अर्थात नगरपालिका सकृय हुनु पर्ने हो ? यद्द्पी मेयर संघीय सरकार मुखि हुंदा अपेक्षित कार्यहरु हुन नसकेको यादवले सुनाए ।

नगर अध्यक्ष मण्डल भन्छन- भिडभाडमा न जानु, जानै परे माक्स लगाएर जानु, नियमित रूपमा साबुन पानीले हाथ धुनुपर्छ । यस्तै खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख कुहिनाले ढाकाैं ।हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गराैं । मण्डल बताउँछन ।

लकडानको उलंघन नगरी गरिब परिवारको घरमै गएर माकस वितरण गरेको र घरबाट बाहिर ननिसकिन घरमै बस्न र आफू पनि बचौ र अरुलाई पनि बचाउ समेत स्थानीय बासिहरु लाई सल्लाह सुझाव पनि दिइएको समाजसेवी समाजवादी पार्टी कमला नगर अध्यक्ष मनिक लाल मण्डलले अप्पन जनकपुर न्यूजलाई बताए ।

यस कार्यक्रममा समाजवादी पार्टी कमला नगरपालिका नगर अध्यक्ष मनिक लाल मण्डल र समाजवादी पार्टीका स्थानीय नेता रामचलितर यादव,राम पदार्थ सल्हैता,राजेन्द्र ठढिया यादव,राम जुलुम गोइत ,नजिर कवारी,इशाक कवारी, बनारसी कवारी,बौएलाल मुखिया ,सन्तोष कुमार यादव ,राम कृष्ण मण्डल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds