धनुषामा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रूपमा खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा पप्पु शाह र सेलुदेवी राम रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी एसपी नरहरि रेग्मीले जानकारी दिए । उनीहरूकाे साथबाट २ सय २५ ग्राम खैरो हेरोइन बरामद भएको उहाँले बताउनुभयो ।

पप्पुको दाहिने खुट्टामा गोली लागेको र अहिले अस्पतालमा उपचार भइरहेको छ भने सेलुदेवी प्रहरीको हिरासतमा छन् ।