2024-04-20

Close

जनकपुरधाम : जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

धनुषाको बिदेह नगरपालिका ४ ठाडीका ३० वर्षीय जितेन्द्र कुमार महरा र ३२ वर्षीय अरुण कुमार महरालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये जितेन्द्रलाई तीनदिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको उजले बताए ।

आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानीआमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन् ।

उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ ।

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् ।

बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds