2024-03-28

Close

विपिन कुमार यादव, जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता तथा संघीय साँसद उमाशंकर अरगरियाले संविधान दिवस मनाउने कार्यको घोर भत्र्सना गरेका छन् ।

जनकपुर उपमहानगरपालिका ७ मा आयोजित एक समारोहलाई सम्बोधन गर्दै साँसद अरगरियाले भने, ‘बहुमतको दम्भमा जारी गरेको संविधान स्वीकार गर्न सकिदैन । शासकहरुले आज संविधान दिवस मनाउदैछन् । त्यसैले संविधान दिवस मनाउने कार्यको घोर भत्र्सना गर्दछु ।’

उनले असोज ३ मा मधेसी जनतासँग ठूलो धोका भएकाले कालो दिनको रुपमा विभिन्न विरोधका कार्यक्रम गर्न जनतासँग आह्वान समेत गरे । संविधान संशोधन गरी मधेसी, जनजाती, मुस्लिम लगायतका हरेक समुदायको अधिकार ग्यारेन्टी नगरेसम्म संघर्ष जारी राख्ने पनि बताए ।

जनता समाजवादी पार्टीले पनि विज्ञप्तरी जारी गरेर संविधान दिवस नमनाउने र विरोधका विभिन्न कार्यक्रम गर्न आह्वान गरेको छ । आज दिउँसो ४ बजे जनकपुरमा सो पार्टीले विरोध प्रदर्शन र साँझ साढे ६ बजेदेखि १५ मिनेट ब्लाक आउट गर्ने जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds