2020-10-30

Close

समाजवादी युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा संजिव र सचिवमा आतेश सिंह ”


काठमाडौ । समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष संजिव कुमार यादव र केन्द्रिय सचीवमा आतेश कुमार सिंह चयन भएको छ।

 

आइतबार ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणासभाले समाजवादी युवा संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष र केन्द्रिय सचीवमा युवाको अवाज लग्नशिल, स्पष्टवक्ता एवम् निडर संघर्षशील युवा नेता संजिव कुमार यादव र आतेश कुमार सिंह यादवलाई चएन गरिएको छ।

 

एकतापछि आईतबार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव र सचीवमा आतेश कुमार सिंह यादवलाई सर्वसमतिबाट चयन गरिएको हो।

 

समाजवादी युवा संघका सचिव आतेश कुमार सिंह यादवले सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकाको मेयर तथा प्रदेश २ का समाजवादी युवा संघका अध्यक्ष समेत रहेका हुन। त्यस्तै वरिष्ठ उपाध्यक्ष संजिव कुमार यादवले सिरहा जिल्लाको सिरहा नगरपालिका मखनाहा घर भएको र मधेस आन्दोलन देखि अहिलेसम्म युवाको अवाज लग्नशिल, स्पष्टवक्ता एवम् निडर संघर्षशील युवानेताको रूपमा चिर परिचीत हुन ।

 

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,अर्को अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर