2024-04-26

Close

जनकपुरधाम । जनकपुरधामका सामुदायिक विद्यालयहरु एक महिनाका लागि बन्द हुने भएको छ ।

विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे विदा र वर्षे विदा दुवै गरी ४५ दिन पठन-पाठन बन्द रहने व्यवस्था भए अनुसार उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुमा पालिकाको शैक्षिक कैलेण्डर बमोजिम असार २९ गते देखि साउन २६ गते सम्म वर्षे बिदा दिइएको शिक्षा महाशाखा प्रमुख मेहीलाल यादवले जानकारी दिए ।

मंगलबार एक सूचना जारी गर्दै यादवले विद्यालयहरुमा पठन-पाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्र अनुसार सबै विद्यालयहरुका प्रधानाध्यापकहरुलाई वर्षे विदा भरी उपमहानगरपालिकाको सम्पर्कमा रहन भनेका छन् ।

यस्तै विद्यालयका पूर्व निर्धारित कार्यक्रमहरु कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षा सम्बन्धी गतिविधिहरु लगायतका कार्यक्रमहरु यथावत संचालन रहने उपमहानगरले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds