2024-03-28

Close

जनकपुरधाम,२२ चैत । धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित समाजवादी पार्टीका संघीय साँसद उमाशंकर अरगरियाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोरोना संक्रमित आशंका गरिएको विरामीको समेत यतिबेला एम्बुलेन्सले बोक्न तयार भइरहेको छैन । यस्तो अवस्थामा साँसद अरगरियाले आफु निर्वाचित क्षेत्रका लागि कोरोना संक्रमित विरामी बोक्न निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ॐ शक्ति सामुदायिक अध्ययन अनुसंधान केन्द्र धनुषाको एम्बलेन्स क्षेत्र नम्बर २ का जनताका लागि निःशुल्क सेवा दिने साँसद अरगरियाले बताएका छन् । एम्बुलेन्स संचालन गरिरहेका केन्द्रका अध्यक्ष विनोद प्रसाद रोहिताले पनि साँसद अरगरियाको आग्रहमा निःशुल्क सेवा प्रदान गर्ने बताएका छन् ।

उनले कोरोना संक्रमितलाई क्वारेन्टाइन वा अस्पतालसम्म पुर्याउनुपरेमा मोवाल नम्बर ९८१२१८३२०० र ९८०४८९३६९६ मा फोन गर्न समेत क्षेत्र नम्बर २ का जनतासँग अपिल गरे । उनले भने, ‘जुनसुकै समयमा फोन गर्दा हामी एम्बुलेन्स उपलब्ध गराउँछौं ।’

साँसद अरगरियाले संकटमा परेका बेला आफु जनतासँगै रहेको समेत बताएका छन् । उनले जनतालाई परेको समस्यामा जुनसुकै बेला सकेसम्म सहयोग गर्ने बताए । केहि व्यक्तिले सामाजिक संजालमा आफुलाई बदनाम गर्न खोजेपनि जनतालाई विचलित नहुन उनले अपिल गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds